+97781404003 info@decn.org

कर्मचारी आवश्यकता (Vacancy Announcement)

-प्रथम पटक प्रकाशित मितिः २०८१।०५।११

-बिषयः कर्मचारी आवस्यकता

उपरोक्त सम्बन्धमा USAID को आर्थिक सहयोग तथा CBM, DEC Nepal र KOSHISH को साझेदारीमा दाङ र बाँके जिल्लामा अपाङ्गता भएका ब्यक्तिहरुको आर्थिक सशक्तिकरण गर्न USAID Inclusive Livelihoods-West क्रियाकलाप संचालन भईरहेकोछ । यस अन्तरगत अपाङ्गता भएका ब्यक्तिहरुकालागी बिभिन्न सरोकारवाला निकायहरुको (कार्यक्रम लागुभएका पालिका, वडा कार्यालय, TVET Center, बित्तिय संस्थाहरु) भौतिक संरचना तथा संचार सेवा को पहुँचयुक्तता परिक्षण गर्न एक (१) जना Civil Engineer Diploma छोटो अवधि (एक महिना) का लागी आवस्यक भएकाले उल्लेखित पदमा योग्य नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरीएको छ ।

-पद: Civil Engineer Diploma-1 Persons

-शैक्षिक योग्यता: Diploma in Civil Engineer/ वा सो सरह

-योग्यता तथा जिम्मेवारी: कार्यक्रम लागुभएका पालिका, वडा कार्यालय, TVET Center, बित्तिय संस्थाहरुको भौतिक संरचना तथा संचार सेवा को पहुँचयुक्तता परिक्षण गर्न सक्ने । सम्बन्धित क्षेत्रमा २ वर्ष कार्य अनुुभव भएको ।

-निवेदन पेश गर्ने अन्तिम मिति र समय :
माथी उल्लेखीत पदमा योग्यता पुगेका नेपाली नागरिकले आफनो बायोडाटाका साथमा आवेदन पत्र र योग्यताका प्रमाण पत्र प्रतिलिपी मिति २०८१।०५।१७ गते (2 Sep 2024) कार्यालय समय भित्र decnepal7@gmail.com मा ईमेल मार्फत् वा DEC Nepal को कार्यलय, कोहलपुर नगरपालिका वडा नं. ११ कोहलपुर, वाँके मा आफ्नो आवेदन पठाउन अनुरोध गरिन्छ । स्थानिय भाषा बुझ्न र बोल्न सक्ने, अपाङ्गताका क्षेत्रमा कार्यअनुभव भएको, अपाङ्गता भएका व्यक्ति, महिला, दलित, आदिबासी, मुस्लीम समुदाय एवं जनजाती आवेदकलाई विशेष ग्राह्यता दिइनेछ । आवेदन छनौट गर्ने, नगर्ने वा रद्ध गर्ने सम्पूर्ण अधिकार प्रकाशक संस्थामा निहीत रहनेछ ।

नोटः प्रारम्भिक छनौटमा परेका आवेदकहरुलाई मात्र लिखित तथा अन्तरवार्ता परीक्षामा सहभागी गराईनेछ ।

Leave a reply

Your email address will not be published.

Scroll to Top
Skip to content