+97781404003 info@decn.org

‘पालिकाले गर्ने काम इन्गेज परियोजनाले गरेको छ’

नेपालगन्ज पौष ०७ , २०७९: किशोरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रम (इन्गेज) परियोजनाको सल्लाहकार समितिको बैठक एवम् सामाजिक लेखा परिक्षण कार्यक्रम गरिएको छ । एच आई र भिएसओको साझेदारीमा अपाङ्ग सशक्तिकरण एंवम संचार केन्द्र (डेक नेपाल)ले बाँके जिल्लाको तिन पालिकामा संचालन गरेको परियोजनाको सामाजिक लेखा परिक्षण गरिएको हो ।

बाँकेको कोहलपुर नगरपालिका, बैजानाथ गाउँ पालिका र खजुरा गाउँपालिकामा उक्त इन्गेज परियोजना संचालन गरिएको थियो । चार वर्षे परियोजना सकिएर गरिएको सामाजिक परिक्षण कार्यक्रममा कोहलपुर नगरपालिकाका नि.नगर प्रमुख तथा वडा नम्बर १२ का वडाध्यक्ष विरेन्द्र कुमार शाहले परियोजना मार्फत डेक नेपालले सथानिय सरकारले गर्नुपर्ने धेरै काम गरिदिएको बताए । नि. नगरप्रमुख शाहले सथानिय सरकारलाई कसरी स्थानिय स्तरमा काम गर्ने भनेर परियोजनाले सिकाई दिएको भन्दै यसको अनुसरण गर्न आवश्यक रहेको बताए ।

बैजानाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायले इन्गेज कार्यक्रमको आफुहरुले प्रतक्ष रुपमा अनुगमन गरेको र पहिलेको र हालको अवस्थामा धेरे राम्रो परिवर्तन आएको बताइन । उपाध्यक्ष रोकायले परियोजनाले अझै केहि वर्ष अवधी थप्न आवश्यक रहेको बताउँदै अहिले पालिकालाई आएको थप जिम्मेवारी पनि पुरा गर्ने तर्फ ध्यान दिइएको उल्लेख गरिन । खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले परियोजनाले छाडेका जिम्मेवारीलाई पालिकाले पुरा गर्ने प्रतिवद्धता जनाइन । उपाध्यक्ष मल्लले ठुली दिदिहरुका लागि पालिकाले १५ लाख बजेट समेत विनियोजन गरेको उल्लेख गरिन । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले परियोजनाको उवलव्धीको रक्षा गरि अगाडि बढ्न आवश्यक रहेको बताए । नेपालगन्ज उप महानगरपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख शोभा शाहले परियोजनाले सिकाएको कुरालाई पालिकाले ग्रहण गरेर असल अभ्यासलाई अनुकरण गर्न पर्नेमा जोड दिइन ।

खजुरा गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखाका प्रमुख खगेन्द्र मल्लले विद्यालयको क्षमता विकासमा समेत परियोजनाले काम गरेको भन्दै यसको दिर्घकालिन तिर ध्यान दिन आवश्यक रहेको बताए । कार्यक्रममा डेक नेपालका कार्यक्रम संयोजक जिवन गिरीले स्वागत गरेका थिए भने परियोजनाका संयोजक गणेश भुजेलले प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण नमस्कार शाहले गरेका थिए ।

समाचारको लागि तलको लिंकमा क्लिक गर्नुहोस

https://khabargunj.com/archives/4004?fbclid=IwAR3ArUa4wH55WZyWWsSHRLijj-nCQJOzAZxINPcbbW3BN03varAIsDkqf_w

Leave a reply

Your email address will not be published.

Scroll to Top
Skip to content