+97781404003 info@decn.org

पढाईबाट बन्चित अपाङ्गता भएका बालबालिकाहरु नियमित विद्यालयमा

शनिबार, कार्तिक ०५, २०७९, नेपालगंज, बाँके

नेपालगन्ज : अपाङ्गता भएका बालबालिकाहरु विद्यालयको पहुँचमा नहुँदा धेरैले पढाई बाट बन्चित हुन परेको थियो । चार वर्ष यता बाँकेमा अपाङ्गता भएका विद्यालय जाने उमेर भएका बालबालिकाहरु कहाँ छन ? कस्तो अवस्थामा छन भनेर सबैका लागि पढाई कार्यक्रम संचालन भयो अनि सुरु भयो विद्यालय जान नसकेका बालबालिकाहरुलाई पढ्नका लागि सहयोगि बन्ने । बाँकेमा अपाङ्ग सशक्तिकरण एवं सञ्चार केन्द्र (डेक नेपाल)ले युएसएआइडिको आर्थिक सहयोगमा सबैका लागि पढाई कार्यक्रम चार वर्ष देखि संचालनमा ल्याएको छ ।

परियोजनाले प्रारम्भिक बालविकास देखि कक्षा ३ सम्मका बालबालिकाको पठन सिप विकासमा सुधार गर्ने गरि विशेषगरि अपाङ्गता भएका बालबालिकाको हकमा काम गरेको छ । बाँके सहित सुर्खेतमा पनि उक्त कार्यक्रम संचालनमा छ । संचालित परियोजना सकिनै लाग्दा यसको प्रतिफलका विषयमा चर्चा भैरहेको अवस्था छ । डेक नेपालले नेपालगन्जमा बाँके र सुर्खेत जिल्लामा संचालन भएका स्थानिय तहका शिक्षा शाखा तथा विद्यालयका शिक्षकहरुसंग विद्यार्थि लेखाजोखा प्राविधिक समितिको सिकाई आदान प्रदान कार्यक्रम गरेको छ । शनिबार नेपालगन्जमा आयोजित सिकाई आदान प्रदानमा समितिको सक्रियता, प्रारम्भीक पहिचानमा संलग्नता सहयोग, अनुगमन रिपोर्टिङ, उत्कृष्ट अभ्यासहरु, आइपरेका चुनौतिहरु, स्थानिय पालिकाले अनुसरण गरेका समावेस गतिविधिहरुका बारेमा खुल्ला छलफलका माध्यमबाट सिकाईको आदान प्रदान गरिएको थियो ।

बाँके जिल्लामा संचालन भएका स्थानिय तहहरु नेपालगन्ज उपमहानगरपालिका, राप्ती सोनारी गाउँपालिका हुन भने सुर्खेतमा संचालनभएका पालिकामा विरेन्द्रनगर नगरपालिका र सिम्ता गाउँपालिका हुन । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय संगको सहकार्यमा युएसएआईडिको सहयोग, एचआई, विश्व शिक्षासंगको साझेदारीमा डेक नेपालले बाँके जिल्लामा संचालन गरेको सबैका लागि पढाई परियोजनाको कारण अपाङ्गता बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन सहज बनेको नेपालगन्ज उप महानगरपालिकाका शिक्षा शाखा प्रमुख तथा विद्यार्थि लेखाजोखा समितिका संयोजक गोर्ख बहादुर थापाले जानकारी दिए । बाँके र सुर्खेतका स्थानिय तहका विद्यार्थि लेखाजोखा समितिका संयोजकहरुलाई शिक्षा तथा मानव श्रोत विकास केन्द्र समावेशि शाखाका प्रमुख नारद धमलाले परियोजनाको असल अभ्यासको बारेमा छलफल संचालन गरेका थिए ।

छलफलमा विद्यार्थि लेखाजोखा समिति गठन भई तालिम प्रदान र नियमित बैठक बसि अपाङ्गता तथा कार्यगत सिमितता भएका बालबालिकाको पहिचान गर्ने गरिएको, पहिचान भएका बालबालिकाको आवश्यकता अनुसार सहायक सामग्री तथा वैयक्तिक शैक्षिणिक योजना निर्माण गरि शिक्षण सिकाईका कार्य भएको भन्दै चर्चा गरिएको थियो । स्थानिय स्तरमा शैक्षिक सामग्री निर्माण तालिम, अपाङ्गता भएका बालबालिकालाई परामर्श तथा अभिभावकलाई जानकारी गराउने यसै अवधिमा गरिएको सिम्ता गाउँपालिकाका शिक्षा शाखा प्रमुख बुद्धि गौतमले जानकारी दिए । परियोजना मार्फत अपाङ्गता भएका बालबालिकाहरुको इमिस सव सिस्टममा तथ्याङ एकिकृत समेत भएको शिक्षा शाखा प्रमुख गौतमले जनाए ।

बाँकेको राप्ती सोनारी गाउँपालिका शिक्षा शाखा प्रमुख जिवन न्यौपानेले श्रोत कक्षाहरुमा सिकाई सामग्री परियोजना बाटै प्रदान हुदाँ थप सहज बनेको उल्लेख गरे । कार्यक्रममा बोल्ने बक्ताहरुले बालबालिकाको सिकाईलाई अझ राम्रो बनाउन आवश्यक रहेको बताएका थिए । स्थानिय तहलाई धेरै अधिकार भएपनि संघिय सरकारबाट पनि छुट्ै किसिमको कार्यक्रम बनाएर लागु गर्नुपर्नेमा जोड दिएको सबैका लागि पढाई कार्यक्रमका संयोजक गोविन्द फुलाराले जानकारी दिए । सबैका लागि पढाई कार्यक्रमका प्रमुख सौरभ शर्माले उपस्थित सबैलाई धन्यबाद दिदै आगामि दिनमा परियोजना नहुदाँ पनि यसै गरि अपाङ्गता भएका बालबालिकाको हितमा काम गर्नुहुनेछ भन्ने विश्वास लिएको बताएका थिए ।

Please click the link for news:

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fkhabargunj.com%2Farchives%2F3217%3Ffbclid%3DIwAR3GV5UXC6t5_XWrZgmzYX9E–nC1lBtDVcRJlHLwmTF3YoA7UuRPOKK_x0&h=AT0rjuRDVmxpLyUC-8bzZYH_jJEtdoHb4YdaHWAJ-ZAgwelA04ouesSvl4LTFIJfIMrBF8H_9Wj5K-QAMTJFXUnADuMMaHqs2nPBK5Zvq-yjYzm78R8hUGl0LKEAxwVafLJngb9dD57ly-Q

Leave a reply

Your email address will not be published.

Scroll to Top
Skip to content