+97781404003 info@decn.org

किशोरीहरुलाई विद्यालय बाहिर हुने अवस्था सिर्जना हुन नदिनु’ – सचिव नेपाल

बुधबार, कार्तिक ०२, २०७९, बाँके

सचिव दीपक नेपाल आफ्ना भनाई राख्दै

नेपालगन्ज : बाँके जिल्लामा संचालित किशोरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रम (इंगेज) को प्रदेश स्तरीय सिकाई आदान प्रदान गरिएको छ । बाँकेको कोहलपुरमा अपाङ सशक्तिकरण संचार एंव सञ्चार केन्द्र (डेक नेपाल)को आयोजना तथा भिएसओ र एच आई संगको सहकार्यमा प्रदेश स्तरीय सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

बुधबार बिहान खजुरामा र बैजानाथमा संचालन गरिएका परियोजना अवलोकन गरेपछि सरोकारवालाहरुले सिकाईको आदान प्रदान गरेका छन । खजुरामा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सचिव दिपक नेपाल, महाशाखा प्रमुख सारदा बस्याल, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मन्जु मल्ल लगाएतले डेक नेपालद्धारा संचालित किशोरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रम परियोजनाले गर्दा शिक्षा बाट बन्चित रहेका किशोरीहरु विद्यालयको पहुँच सम्म पुगेर शिक्षा लिन सक्ने भएको बताएका थिए । परियोजनाले ठुलि दिदि र सानी दिदि कार्यक्रम मार्फत विद्यालय बाहिर रहेका किशोरीहरुलाई पढ्ने बातावरण मिलाउने, आय आर्जनका कार्यमा संलग्न गराउने गरेकाले किशोरीहरुको जिवनशैलिमा नै परिवर्तन ल्याइदिएको पाइएको खजुरा गाउँपालिकाका अध्यक्ष विकले बताए ।

खजुरा गाउँपालिकाका शिक्षा शाखाका प्रमुख खगेन्द्र मल्ल, महिला बालबालिका शाखाका प्रमुख शुसिला न्यौपानेले परियोजनाले गर्दा पालिका भित्र भएका गतिविधिको चर्चा गरेका थिए । अध्यक्ष विकले परियोजना अन्तिम चरणमा रहेकाले यसको अवधि सकेसम्म थप गर्न सम्बन्धित सहयोगि दातालाई आग्रह गरे ।

खजुरा गा.पा. अध्यक्ष डम्बर बहादुर बि.क.

कोहलपुरमा आयोजना गरिएको प्रदेश स्तरीय सिकाई आदान प्रदान कार्यक्रममा बोल्ने अधिकाशं सहभागिले परियोजना सफल भएको भन्दै प्रसन्सा गरे । मन्त्रालयका सचिव दिपक नेपालले परियोजना सकिएपनि यसको रेखदेख स्थानिय सरकारले गर्नुपर्नेमा जोड दिए । सचिव नेपालले स्थानिय सरकारले वार्षिक बजेट बनाउँदा परियोजनाले छाडेका कुरालाई समेटेर लैजान आग्रह गरे । उनले किशोरीहरु विद्यालय बाहिर हुने अवस्था सिर्जना हुन नदिन सरोकारवालाको ध्यान केन्द्रित गरे । परियोजनालाई मन्त्रालयले सकारात्मक रुपमा लिएको बताउँदै सचिव नेपालले आगामि दिनमा कहाँ कसरी सहयोग गर्न पर्छ तयार रहेको प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

परियोजनाले राखिदिएको उपनाम खजुराकी ठुलि दिदि तफसुल शाहिको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्य, उप प्रमुख संगिता सुवेदी, बैजानाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहि, अपाङता अभियान्ता भावुक जंग थापा, नेपालगन्ज उप महानगरपालिका महिला तथा बालबालिका शाखाका प्रमुख शोभा शाह, परियोजना साझेदार सस्था एच आई का सुसिल बाबु खड्का, डेक नेपालका कार्यकारी निर्देशक देविदत्त आचार्य, राष्ट्रिय अपाङ महासघं लुम्बिनी प्रदेशका कार्यक्रम संयोजक गोमा पन्थि लगाएतले परियोजनाले दिएको सन्देशलाई आत्मसात गर्दै कमिकमजोरीलाई हेरेर सुधार गर्दै नयाँ परियोजना संचालनको आवश्यकता रहेको औलाएका थिए ।

समाचारका लागि तलको लिंक क्लिक गर्नुहोस

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fkhabargunj.com%2Farchives%2F3173%3Ffbclid%3DIwAR3DdBvC9RRARwUYANYXhdjrhUD8cWO_LDw36OUBAsCzQLmn0riB4JF7C3g&h=AT3iP4dCcWjXgVAogrx8pwhxoCwhqlCNbyQDJovh2YIxhPaw5JahRhw3v2z0xdgoQkkf_oyGbz2j0eoOxiOd4ev3vS90yFzzE7KAWNatuDIQFhzB8z7Q2Ojmu9R9TECb0c45PXkZd_VrilJyOfoFow

Leave a reply

Your email address will not be published.

Scroll to Top
Skip to content